Archive Content

Please note: This page has been archived and its content may no longer be up-to-date. This version of the page will remain live for reference purposes as we work to update the content across our website.

Rhododendron Conservation Action Plan (2075-2080)

Posted on April, 08 2019

नेपालको वन नीति (२०७१), वन क्षेत्रको रणनीति (२०७२) र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०७१–२०७७) को मर्म र कार्यक्रम अनुरूप गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) तयार गरिएको छ । एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा पाइने गुराँस नेपालमा पूर्वदेखि पश्चिमसम्मका मध्य र उच्च पहाडी क्षेत्रमा विभिन्न ४३ वटा जिल्लामा फैलिएर रहेको छ । मुख्य रूपमा नेपालमा गुराँस पाइने क्षेत्रहरूमा प्रदेश नं १ को तिनजुरे–मिल्के–जलजले, सोलुखुम्बु र इलाम क्षेत्र, प्रदेश नं ३ को दामन–सिमभन्ञ्याङ र रसुवा क्षेत्र, गण्डकी प्रदेशको घोडेपानी, लमजुङ्ग र म्याग्दी क्षेत्र, कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र गुराँसे क्षेत्र (दैलेख) र सुदुरपश्चिम प्रदेशको बझाङ्ग, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा र बैतडी क्षेत्रमा गुराँसका जङ्गलहरू रहेका छन् । नेपालमा पाईने गुराँसका ३१ प्रजातिमध्ये लालीगुराँस प्रजाति सबैभन्दा धेरै पाईन्छ जुन हिमाली वनक्षेत्रको उच्च पारिस्थितिक महत्वको प्रजाति हो । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।
Rhododendron Conservation Action Plan (2075-2080)
© DoFSC