आन्तरिक सुशासन प्रवर्धन विधि २: सहभागितामूलक सम्पन्नता स्तरीकरण

Posted on August, 02 2013

आन्तरिक सुशासन प्रवर्धन विधि २: सहभागितामूलक सम्पन्नता स्तरीकरण
निश्चित संख्यामा रहेका घरपरिवारलाई उनीहरुको आर्थिक तथा सामाजिक स्तर अनुसार आफ्नो स्थान आफैं निर्धारण गर्ने प्रक्रियालाई सहभागितामूलक सम्पन्नता स्तरीकरण भनिन्छ । यस्तो प्रक्रिया सहजकर्ताका रुपमा कार्यरत स्थानीय स्रोत व्यक्तिको सहयोगमा वन उपभोक्ता समूहहरुले सन्चालन गर्छन् । ती घरपरिवारलाई सामान्यतया सम्पन्न, मध्यम र गरिब तथा अति गरिब भनि वर्गीकरण गरिन्छ । वन उपभोक्ता समूहलाई उपलब्ध भएको स्रोतका आधारमा घरपरिवारको स्तरीकरण भएपछी गरिब तथा अति गरिब घरपरिवारलाई मद्दत गर्नका निमित्त जीविकोपार्जन कार्यक्रमको पहिचान गरि कार्यान्वयन गरिन्छ । यस विधिले सामुदायिक वन विकास कार्यक्रम मार्गदर्शन २०६५ मा व्यवस्था भएअनुसार विपन्नमुखी जीविकोपार्जन सहयोगका लागि सामुदायिक वनको वार्षिक आम्दानीको ३५% रकम छुट्याउनु पर्दछ ।

यसबारे विस्तृत रुपमा बुझ्न जानकारी पत्र डाउनलोड गर्नुहोस् ।
जानकारी पत्र: सहभागितामूलक सम्पन्नता स्तरीकरण
© WWF Nepal